सीजीले सार्वजनिक गर्यो नेपालकै पहिलो एआई–सञ्चालित एयर फ्रायर

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २८, २०८२
  • काठमाडौँ । नेपालकै अग्रणी र भरोसायोग्य ब्राण्ड सीजी ले आफ्नो घरायसी उपकरण ब्रान्ड अन्तर्गत नेपालकै पहिलो एआई–सञ्चालित एयर फ्रायर औपचारिक रूपमा सार्वजनिक गरेको छ।

    आधुनिक नेपाली भान्साको सुविधा, समय बचत र स्वास्थ्यलाई ध्यानमा राख्दै निर्मित सीजी मेरिडिया स्मार्ट एयर फ्रायर (मोडेल: CGMRAF8LAI) ले घरेलु पकाइ प्रविधिलाई नयाँ युगमा प्रवेश गराएको छ।

    CGMRAF8LAI – नेपालको पहिलो एआई एयर फ्रायर हो। यसमा १८०० वाटको पावर र ८ लिटर क्षमता रहेको छ। नेपालमा पहिलो पटक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (AI) र इंटरनेट अफ थिंग्स (IoT) प्रविधि संयोजन गरिएको यस एयर फ्रायरमा इन्टरनल क्यामेरा र स्मार्ट सेन्सर जडान गरिएको छ, जसले खानाको प्रकार र तौल पत्ता लगाउने क्षमता राख्छ।

    प्रणालीले पत्ता लगाएको जानकारीको आधारमा तापक्रम र पकाइ समय स्वतः समायोजन गर्दै हरेक पटक उत्तम र सटीक परिणाम सुनिश्चित गर्छ। यसलाई सीजी स्मार्ट होम मार्फत रिमोट कन्ट्रोल गर्न सकिन्छ, जसले प्रयोगकर्तालाई आफ्नो स्मार्टफोनबाट पकाइ मोड, तापक्रम र समय सेट गर्ने सुविधा दिन्छ।

    २५ स्वचालित मेनु सहितको एआई प्रणालीले प्रत्येक पकाइमा तापक्रम र समय स्वतः समायोजन गर्दै खानाको बाहिरी र भित्री भागलाई समान रूपमा कुरकुरे र स्वादिष्ट बनाउँछ। ठूलो परिवार वा धेरै परिकारका लागि उपयुक्त ८ लिटरको बास्केट, फ्राइ, ग्रिल, रोस्ट वा बेक गर्ने विविध पकाइ विकल्पहरू यस एयर फ्रायरमा उपलब्ध छन्।

    तापक्रम नियन्त्रण ८०°C देखि २००°C सम्म सम्भव छ र सबै दिशाबाट समान रूपमा पकाउने प्रविधि प्रयोग गरी तेल बिना नै कुरकुरे स्वाद तयार गर्न सकिन्छ।

    कम्पनीका प्रतिनिधिहरूका अनुसार, सीजी ब्राण्डले सँधै उच्चस्तरीय उत्पादन बजारमा ल्याउन प्रतिबद्ध रहेको छ। CGMRAF8LAI ले एआई प्रणाली, स्मार्ट सेन्सर, क्यामेरा–आधारित फुड डिटेक्सन र IoT कनेक्टिभिटीको संयोजनमार्फत नेपालमा नयाँ स्तरको घरेलु प्रविधि प्रस्तुत गरेको छ।

    CGMRAF8LAI को अधिकतम खुद्रा मूल्य १६,१४० रुपैयाँ निर्धारण गरिएको छ र यो एयर फ्रायर देशभरका सबै सीजी डिजिटल आउटलेट, अन्य खुद्रा स्टोर र कम्पनीको आधिकारिक वेबसाइट मार्फत खरिद गर्न सकिन्छ।

    ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्स ले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ। कम्पनीले देशभर २० वटा आधुनिक शोरुम र ४० वटा सेवा केन्द्र मार्फत बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar