शनिबारदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

  • कालिका खवर
  • मङ्लबार, भदौ १७, २०८२
  • सुर्खेत । शनिबारदेखि अवरुद्ध कर्णाली राजमार्ग सुचारु भएको छ। राजमार्ग अन्तर्गत कालिकोटकाे गगने खोलामा गएको पहिराे हटाइएसँगै सडक खण्ड आजदेखि पूर्ण रूपमा सुचारु भएको हाे। ‎यस सडक खण्ड सुचारु भएसँगै यस क्षेत्रका सम्पूर्ण यात्रुहरूलाई आवागमन‌ सुरु भइसकेकाे सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

    सडक अवरुद्ध हुँदा यात्रुहरूले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै नेपाली सेना समेत खटिएर पहिराे पन्छाएकाे थियाे। ‎गगने खाेला सँधै पहिराे गइरहने स्थान हाे । शनिबारदेखि सडक अवरुद्ध हुँदा १३ कराेड बराबरको स्याउका ट्रक बाटाेमा अलपत्र थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar