दक्षिण एसियाली उसु महासंघको उपाध्यक्षमा वीर बहादुर निर्वाचित, ल्हाक्पा छिरिङ भए एसोसियट सचिव

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ ८, २०८३
  • ललितपुर (गोदावरी) – नेपाल उसु महासंघका अध्यक्ष वीर बहादुर तामाङ दक्षिण एसियाली उसु महासंघको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

    श्रीलंकाको राजधानी कोलम्बोमा मे २२, २०२६ मा संम्पन्न भएको दक्षिण एसियाली उसु कांग्रेसको निर्वाचनमा बीर वहादुर उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

    त्यस्तै नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामा एसोसियट सचिव पदका लागि निर्वाचित हुँदा बोर्ड सदस्य पदमा उसु महासंघका उपाध्यक्ष दधिराम सिटौला चयन भए ।

    यसैगरी दक्षिण एसियाली उसु महासंघको प्राविधिक समिति सदस्य पदमा रतन बहादुर खाती निर्वाचित भए । उनी नेपाल उसु महासंघका अन्तर्राष्ट्रिय आइ डब्लु यू एफको ए ग्रेड सान्डा लाइसेन्स प्राप्त रेफ्री हुन् । नेपाल उसु महासंघ सचिब गोविन्द्र बहादुर शाही परम्परागत उसु समिति सदस्य पदमा छानिए ।

    नेपाल उसु महासंघ सचिब मार्केटिंग र विकास समिति सदस्य पदमा निकेश श्रेष्ठ निर्वाचित भए ।

    महिला विकास समिति सदस्यमा जुनी राई

    आइ डब्लु यू एफका अन्र्तराष्ट्रिय प्रशिक्षक जुनी राई दक्षिण एशियाली महिला विकास समिति सदस्य पदमा निर्वाचित भएकी छन् ।दक्षिण एसियाली उसु कांग्रेस र निर्वाचनमा भारत, बंगलादेश, नेपाल , माल्दिम्स, पाकिस्तान र श्रीलंका सहभागी भएका थिए ।

    सो कंग्रेसमा उक्त सम्बधित राष्ट्रका एम्वेशी प्रमुखहरु र राष्ट्रिय खेलकूद डाइरेक्टर, श्रीलंका राष्ट्रिय ओलम्पिक कमिटि उपाध्यक्ष, चाइनिज एम्वेशीका कन्सुलर तथा विभागिय प्रमुखहरुको उपस्थिती रहेको थियो । उक्त कंग्रेस द्वारा आगामी २०२६ अक्टुवर मा दक्षिण एसियन उसु च्याम्पियनसीप र रेफ्री सेमिनार भारतमा गर्ने निर्णय गरिएको छ ।

    यसैगरी सो कंग्रेसले अन्य विभिन कार्यक्रमहरूको वार्षिक क्यालेण्डर चाडै प्रकासित गर्ने निर्णय समेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar