भेनेजुएला भूकम्पमा मृत्यु हुनेको संख्या ९२० पुग्यो

  • कालिका खवर
  • शनिबार, असार १३, २०८३
  • काठमाडौं । भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ । भूकम्पमा तीन हजार ३६० जना घाइते भएका छन् ।

    उद्धारकर्मीहरू भग्नावशेषमा जीवित व्यक्तिहरूको खोजीमा निरन्तर जुटिरहेका छन् ।

    राजधानी काराकाससहित देशको उत्तरी क्षेत्रमा दर्जनौँ भवन ध्वस्त भएका छन् । घाइतेहरूको उपचार अस्थायी रूपमा स्थापना गरिएका स्वास्थ्य शिविरहरूमा भइरहेको छ ।

    सरकारका एक वरिष्ठ अधिकारीका अनुसार सयौँ अन्तर्राष्ट्रिय उद्धारकर्मी भेनेजुएला आइपुगिसकेका छन् । थप टोलीहरू आउने क्रममा छन् ।

    गत बुधबार भेनेजुएलामा केही सेकेन्डको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्पका धक्का महसुस गरिएका थिए ।

    सरकारी अधिकारीहरूका अनुसार राजधानीको उत्तरमा रहेको ला गुएरा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । यही क्षेत्रमा देशका दुई प्रमुख बन्दरगाहमध्ये एक तथा प्रमुख विमानस्थल ‘सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल’ अवस्थित छन् ।

    भूकम्पपछि अझै धेरै मानिस बेपत्ता रहेकाले र उद्धार कार्य जारी छ । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । बीबीसी

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar