हाम्रो उपस्थितिले कोही त्रसित हुनु पर्दैन : रवि लामिछाने

  • कालिका खवर
  • शनिबार, असार १३, २०८३
  • काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि लामिछानेले आफ्नो पार्टीको राजनीतिक उपस्थितिले देशका कुनै पनि शक्ति, नागरिक समाज वा सञ्चार जगत् भयभित र त्रसित हुनुपर्ने अवस्था नरहेको बताएका छन्।

    शुक्रबार प्रथम राष्ट्रिय महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै उनले रास्वपा प्रतिशोधको राजनीतिभन्दा माथि उठेर परिपक्व संस्कारका साथ अघि बढ्ने बताए।

    शपथ ग्रहणपछि सम्बोधन गर्दै सभापति लामिछानेले भने, ‘हाम्रा राजनीतिक क्रियाकलाप, अभिव्यक्ति र उपस्थितिले देशका प्रबुद्ध वर्ग, नागरिक समाज, सञ्चार जगत्, अन्तर्राष्ट्रिय समुदाय वा राजनीतिक वृत्त कोही पनि त्रसित हुनु पर्दैन। हामीमाथि आउने प्रश्नहरूबाट भाग्ने होइन, तिनको रचनात्मक सामना गर्दै जनतालाई आश्वस्त पार्ने काम हाम्रो हो।’

    उनले लोकतन्त्रका आधारभूत सिद्धान्त र राज्यका शक्ति पृथकीकरणको सिद्धान्तप्रति पार्टी पूर्ण दृढ रहेको सुनाए। मतको बलमा हिजोका शासकहरूले जस्तो गलत अभ्यास गरे देश दुर्घटनामा जाने चेतावनी दिँदै उनले भने, ‘हिजोका दलहरूले जसरी प्रतिशोध साँचे, रास्वपाले त्यसको पुनरावृत्ति गर्नु हुँदैन। प्रजातान्त्रिक संस्थाहरूलाई भत्कन नदिई तिनको सम्मान गर्नुपर्छ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar