मानसिक स्वास्थ्यप्रति जागरण फैलाउँदै रोटरी क्लव अफ काठमाडौंको प्रभावकारी पहल

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ १५, २०८३
  • प्रकाश समीर
    काठमाडौं । रोटरी क्लव अफ काठमाडौंले आयोजना गरेको “Mind Matters: A Holistic Approach to Mental Wellbeing” नामक मानसिक स्वास्थ्य सचेतना कार्यक्रम भव्य तथा प्रभावकारी रूपमा सम्पन्न भएको छ। समाजमा मानसिक स्वास्थ्यबारे चेतना फैलाउने उद्देश्यले आयोजित उक्त Mental Health Symposium ले सहभागीहरूलाई सकारात्मक ऊर्जा, प्रेरणा तथा व्यवहारिक ज्ञान प्रदान गरेको थियो।

    कार्यक्रम रोटरी क्लव अफ काठमाडौंका अध्यक्ष राजेन्द्र गौतमको नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रममा मानसिक स्वास्थ्य, मनोवैज्ञानिक सन्तुलन, योग, ध्यान तथा समग्र मानसिक कल्याणसँग सम्बन्धित विविध विषयमा गहन छलफल गरिएको थियो।

    कार्यक्रममा मानसिक स्वास्थ्य तथा मनोविज्ञान क्षेत्रका प्रतिष्ठित विज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो। मध्यस्थकर्ताको भूमिकामा चर्चित मनोवैज्ञानिक पुजन शर्मा रहेकी थिइन्। त्यसैगरी आचार्य डा. प्रद्युमन राज पाण्डेय, स्नायु मनोचिकित्सक डा. प्रदीप पाण्डेय, क्लिनिकल मनोवैज्ञानिक डा. सुरज शाक्य तथा आचार्य डा. नम्रता पाण्डेयले आ–आफ्ना अनुभव, विचार तथा सुझाव प्रस्तुत गरेका थिए। उनीहरूको प्रस्तुतीले सहभागीहरूलाई मानसिक स्वास्थ्यप्रति अझ सचेत, सकारात्मक र जिम्मेवार बन्न प्रेरित गरेको थियो।

    थापाथलीस्थित रोटरी भवनमा गत शनिवार सम्पन्न उक्त कार्यक्रम विभिन्न रोटरी क्लवहरूको सह–आयोजनामा सम्पन्न भएको थियो। कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्तित्व, युवा, विद्यार्थी तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रमलाई अझ प्रभावकारी बनाउन टन मिडिया ग्रुपले मिडिया पार्टनरका रूपमा विशेष सहकार्य गरेको थियो।

    आजको व्यस्त र तनावपूर्ण जीवनशैलीमा मानसिक स्वास्थ्य अत्यन्त संवेदनशील र महत्वपूर्ण विषय बन्दै गएको सन्दर्भमा यस्तो सचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

    कार्यक्रमको सफल आयोजनाका लागि वक्ताहरूले रोटरी क्लव अफ काठमाडौं परिवार तथा अध्यक्ष राजेन्द्र गौतमप्रति आभार व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar