शेयर बजारका बादशाह अग्रवाल एमालेमा प्रवेश गर्दै

  • कालिका खवर
  • मङ्लबार, पुस २९, २०८२
  • काठमाडौं । नेपाली शेयर बजारका बादशाह भनेर चिनिने शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गर्ने भएका छन् ।

    आज (मंगलबार) पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा भेट वार्ता भएको हो । ओलीले अग्रवाललाई पार्टीमा स्वागत गर्न आतुर भएको वताए ।

    अध्यक्ष ओलीले पार्टीमा अग्रवालबाट राम्रो भूमिका निर्वाह हुने विश्वाससमेत व्यक्त गरे।

    काठमाडौँको चुन देवी निवासी अग्रवाल लामो समयदेखि शेयर कारोबामा आवद्द छन् ।अग्रवाल जसपा नेपालका केन्द्रिय सदस्य समेत हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar