शाओमी १५टी नेपाली बजारमा, प्रिमियम फिचरसहित मूल्यअनुरूपको आकर्षक विकल्प

  • कालिका खवर
  • आइतवार, मंसिर ७, २०८२
  • काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्नो नयाँ स्मार्टफोन ‘शाओमी १५टी’ नेपाली बजारमा प्रस्तुत गरेको छ। लाइकासँगको सहकार्यमा तयार पारिएको क्यामेरा, शक्तिशाली हार्डवेयर र प्रभावशाली प्रदर्शनका कारण यो मोडेलले नेपाली प्रयोगकर्तालाई मूल्यअनुरूपको नयाँ विकल्प दिएको कम्पनीले जनाएको छ।

    शाओमी १५टी को सबैभन्दा आकर्षक पक्ष यसको ५० मेगापिक्सेल मुख्य क्यामेरा हो, जसमा OmniVision Light Fusion 800 सेन्सर र अप्टिकल इमेज स्टेबलाइजेशन (OIS) समावेश छ। लाइका कलर प्रोफाइलका कारण फोटोहरू प्राकृतिक र जीवन्त देखिन्छन्। अँध्यारोमा फोटो खिच्ने आवश्यकता कम हुने वा दैनिक फोटोग्राफी गर्ने प्रयोगकर्ताका लागि यसमा दिइएको क्यामेरा सेटअप अत्यन्तै उपयोगी मानिएको छ।

    १२ जिबी LPDDR5X RAM र ५१२ जिबी UFS 4.1 स्टोरेजसहित आएको शाओमी १५टी ले मल्टिटास्किङ, गेमिङ वा भिडियो एडिटिङजस्ता कार्यहरू सहज रूपमा चलाउन सक्षम छ। UFS 4.1 स्टोरेजले छिटो फाइल ट्रान्सफर र एप लोडिङ सुनिश्चित गर्छ, जसले फोनलाई थप असरदार बनाउँछ। दैनन्दिन कामदेखि गेमिङसम्मका सबै गतिविधिमा यो संयोजन प्रभावकारी प्रदर्शन प्रदान गर्छ।

    डिजाइनतर्फ हेर्दा, १९४ ग्राम वजनको हल्का बनोट, प्लास्टिक फ्रेम र IP68 पानी–धुलो प्रतिरोधी सुरक्षा यसका प्रमुख आकर्षण हुन्। ६.८३ इन्चको OLED स्क्रिन, १.५के रेजोलुशन, १२० हर्ट्ज रिफ्रेश रेट तथा ३,२०० निट्ससम्मको उज्यालोपनले भिडियो, गेम र दैनिक स्क्रोलिङ अनुभवलाई सहज बनाएको छ। HDR10+ र डोल्बी भिजन सपोर्टले मुभी हेर्नेलाई अझ रमाइलो बनाउँछ।

    ५,५००mAh को ब्याट्री र ६७W फास्ट चार्जिङ सपोर्टसहित, शाओमी १५टी ले एक दिनभन्दा बढीको ब्याकअप प्रदान गर्न सक्छ। डुअल सिम, WiFi 6E, NFC र व्यापक पोजिसनिङ सिस्टमजस्ता कनेक्टिविटी विकल्पहरू, साथै इन–डिस्प्ले फिंगरप्रिन्ट र फेस अनलकसमेत यसमा उपलब्ध छन्। १२GB/५१२GB भेरियन्टको मूल्य रु. ६४,९९९ तोकिएको यस फोनलाई नेपालभरका अधिकृत शाओमी स्टोरमार्फत खरिद गर्न सकिन्छ। साथै, ४० प्रतिशत डाउनपेमेन्टमा ९ महिनासम्मको किस्ता सुविधाले यसलाई थप पहुँचयोग्य बनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar