रुस र युक्रनेबीच तीन दिने यद्धविराम भएको ट्रम्पको घोषणा

  • कालिका खवर
  • शनिबार, बैशाख २६, २०८३
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज मे ९ देखि ११ सम्म रुस र युक्रेनबीच तीन दिने युद्धविरामको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यस अवधिमा दुवै देशले कुनै पनि सैन्य कारबाही नगर्ने बताए । उनले दुवै पक्षले १,००० कैदी आदानप्रदान गर्ने पनि उल्लेख गरेका छन् ।

    उनले आफ्नो अनुरोधमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराममा सहमति जनाएको दाबी गरे । राष्ट्रपति ट्रम्पले यो अस्थायी युद्धविराम लम्ब्याउन सकिने संकेत गरेका छन् ।

    यसैबीच, ट्रम्पले आफूले ९ वटा अन्तर्राष्ट्रिय द्वन्द्व अन्त्य गर्न भूमिका खेलेको दाबी गरेका छन् । उनले अब रुस र युक्रेन युद्ध अन्त्य गर्ने र यसलाई आफ्नो १० औं शान्ति पहल बनाउने लक्ष्य राखेको बताएका छन् ।

    समाचार एजेन्सी एएनआईका अनुसार ह्वाइट हाउसबाट भर्जिनिया जानुअघि ट्रम्पले रुस–युक्रेन युद्ध दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा खतरनाक द्वन्द्व बनेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar