बंगलादेशमा दादुराका कारण ३०० भन्दा बढी बालबालिकाको मृत्यु

  • कालिका खवर
  • बुधबार, बैशाख २३, २०८३
  • काठमाडौं । बंगलादेशमा दादुराको प्रकोपका कारण मार्चदेखि अहिलेसम्म ३११ जना बालबालिकाको मृत्यु भएको छ ।

    सोमबार सार्वजनिक तथ्यांकअनुसार दादुराको संक्रमण देशभर तीव्र रूपमा फैलिरहेको छ । सोमबार मात्रै १७ जना बालबालिकाको मृत्यु भएको छ, जुन यस प्रकोपका क्रममा एकै दिन भएको सबैभन्दा धेरै मृत्यु हो ।

    स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो ५० दिनमा ३०० भन्दा बढी बालबालिकाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य सेवा महानिर्देशनालयका प्रवक्ताका अनुसार दादुराका शंकास्पद बिरामीहरूको संख्या ४७ हजारभन्दा बढी पुगेको छ । सबैभन्दा धेरै संक्रमण ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकामा देखिएको छ ।

    अधिकारीहरूका अनुसार सोही अवधिमा देशभरका अस्पतालमा दादुराको लक्षण देखिएका एक हजार ४५६ बिरामी भर्ना भएका छन् । प्रयोगशाला परीक्षणबाट तीमध्ये १५४ जनामा दादुराको संक्रमण पुष्टि भएको छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार दादुरा छिटो फैलिने संक्रामक रोग हो, जुन विशेषगरी साना बालबालिकाका लागि घातक हुन सक्छ । यसले ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउन सक्छ ।

    बंगलादेशमा पछिल्लो राजनीतिक अस्थिरताका कारण दादुरा विरुद्धको खोप अभियान प्रभावित भएको बताइएको छ ।

    द डेली स्टार

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar