उपसभामुखका कामकारबाहीमा पार्टीको हस्तक्षेप हुँदैन : साम्पाङ

  • कालिका खवर
  • शनिबार, बैशाख २६, २०८३
  • काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपसभामुखका कामकारबाहीमा पार्टीको हस्तक्षेप नहुने प्रतिक्रिया जनाएका छन् ।

    संवैधानिक परिषद्ले वरीयता मिच्दै प्रधानन्यायाधीश नियुक्ति गर्दा सहमति प्रदान गरेको भन्दै विज्ञप्तिमार्फत विरोध जनाएका साम्पाङले हाल यस्तो बताएका हुन् ।

    उपसभामुख रूबीकुमारी ठाकुरले पार्टीबाट राजीनामा दिएसँगै उनको काममा पार्टीको कुनै दख्खलअन्दाजी नहुने धारणा साम्पाङ्ले व्यक्त गरेका हुन् । ”उहाँ हाम्रो पार्टीबाट राजीनामा दिएर उपसभामुख बन्नुभएको हो ।

    उपसभामुखको शपथ ग्रहणपछि उहाँ पार्टीको रहनुभएन । उहाँले के गर्नुहुन्छ, कसो गर्नुहुन्छ भन्ने विषयमा हाम्रो पार्टीको कुने दख्खलअन्दाजी हुँदैन,” उनले भने । साम्पाङ्ले नै प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा उपसभामुखको हस्ताक्षर हुनु खेदजनक रहेको भन्दै विज्ञप्ति जारी गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar