राहत लिएर नुवाकोट लागे एमाले अध्यक्ष ओली

  • कालिका खवर
  • शुक्रबार, भदौ १९, २०८३
  • काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओली टोलीसहित राहत बोकेर नुवाकोट प्रस्थान गरेका छन् । पार्टी केन्द्रीय कार्यालयबाट अध्यक्षकै हातबाट नुवाकोट र रसुवाका बाढी प्रभावितलाई पार्टीको तर्फबाट राहत सामग्री वितरण गरेपछि उनी नुवाकोट प्रस्थान गरेका हुन् ।

    अध्यक्ष ओलीसँगै सचिव महेश बस्नेत लगायतका नेताहरू पनि रहेका छन् । अध्यक्ष ओलीले राहत, उद्वार लगायतको कामको निरीक्षण गर्ने सचिव बस्नेतले जानकारी दिए ।

    उनले भने, ‘हाम्रो नेसनल भोलिन्टियर फोर्सले पीडितहरूलाई खाना खुवाउने, राहत सामग्री वितरणदेखि लिएर सरसफाइसम्मको काममा सहयोग गरेको छ। त्यो समेत हामी अवलोकन गर्छौँ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar