मध्यपूर्वमा तनाव बढेपछि अमेरिकामा ५० प्रतिशतले महँगीयो पेट्रोल

  • कालिका खवर
  • बुधबार, बैशाख २३, २०८३
  • काठमाडौं । अमेरिका र इजरायलले इरानमा फेब्रुअरीमा आक्रमण गरेपछि सुरुभएको युद्धका कारण अमेरिकामा पेट्रोलको मूल्य ५० प्रतिशतले बढेको छ । अमेरिकी अटोमोबाइल एसोसिएसनले यस्तो जनाएको हो ।

    मंगलबार नियमित पेट्रोलको औसत मूल्य प्रतिग्यालिन ४४.४८ डलर पुगेको अमेरिकी अटोमोबाइल एसोसिएसनले जनाएको छ ।

    विश्वको कुल कच्चा तेलको पाँचौँ हिस्सा ओसार्ने होर्मुज जलमार्ग बन्द भएका कारण कच्चा तेलको मूल्य बढिरहेको छ । उता तेलका ट्यांकरहरू जलमार्गमै फसेका छन् ।

    एस एन्ड पी ग्लोबल इनर्जीका ग्लोबल फ्युल रिटेल निर्देशक रोब स्मिथले एसोसिएटेड प्रेसलाई बताएअनुसार, प्रारम्भिक युद्धविरामको घोषणापछि द्वन्द्व अन्त्य हुने आशा पलाएको थियो । तर, उनका अनुसार सरकार वा बजारले जेसुकै भने पनि होर्मुज जलमार्गमा अवरोध कायम रहेसम्म मूल्यमाथि दबाब परिरहनेछ ।

    हाल यो जलमार्ग अझै पनि गम्भीर रूपमा अवरुद्ध रहेकाले इन्धनको मूल्यमा दैनिक रूपमा वृद्धि भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar