कालिकोटमा करेन्ट लागेर एक जनाको मृत्यु

  • कालिका खवर
  • बुधबार, बैशाख २३, २०८३
  • सुर्खेत । कालिकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका-३ का ५७ वर्षीय टिकाराम देवकोटा रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गणेश ज्ञवालीका अनुसार मंगलबार साँझ बाख्रा चराएर घर फर्कने क्रममा विद्युत्को पोलबाट झरेको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।

    विद्युत्को राष्ट्रिय प्रसारण लाइन सडक खन्ने क्रममा चुँडिएर बाटोमा परेको थियो। मृतकका आफन्तहरूले भने विद्युत् प्राधिकरणको लापरबाहीको कारण ज्यान गएको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar