दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

  • कालिका खवर
  • बुधबार, बैशाख २३, २०८३
  • काठमाडौं । व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

    आज विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले भट्टको हकमा पाचौँ पटक र अग्रवालको हकमा छैठौँ पटक १२ दिन म्याद थप गरेको हो ।

    उनीहरुमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ ।

    यसैबीच, उनीहरुको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतमा पनि सुनुवाइ भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar