कीर्तिपुरमा दिउँसै युवकको हत्या

  • कालिका खवर
  • बुधबार, बैशाख २३, २०८३
  • काठमाडौं । काठमाडौंको कीर्तिपुरमा एकजना युवकको हत्या भएको छ ।

    आज दिउँसै धारिलो हतियार प्रहार गरेर कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा विपिन घिमिरेको हत्या भएको हो ।

    गम्भीर घाइते भएका उनलाई उद्धार गरेर कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । साथी साथीबीच झगडा हूँदा विपिनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

    हत्या गर्नेको पहिचान भइसके पनि हालसम्म पक्राउ भने परेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar