रौतहटको एक कपडा पसलमा आगलागी

  • कालिका खवर
  • मङ्लबार, कार्तिक ४, २०८२
  • रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिका–८ स्थित बिर्ता बजारमा रहेको शुभ लक्ष्मी महिमा वस्त्रालय नामक कपडा पसलमा गएराति भीषण आगलागी हुँदा ठुलो क्षति भएको छ। इलाका प्रहरी कार्यालय गरुडाका अनुसार राति करिब ९ बजेर ५० मिनेट जाँदा केदारनाथ साहको पक्की घरमा गरुडाका बिगन साहको पसलमा आगलागी भएको थियो। आगलागीको खबर प्राप्त भएपछि प्रहरी चौकी बिर्ताका प्रहरी हवल्दार राजु साहको कमान्डमा गएको टोलीले स्थानीय बासिन्दाको सहयोगमा करिब साढे १० बजे आगो नियन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी शंकर प्रसाद आचार्यले जानकारी दिएका छन्।

    आगो लाग्दा पसलभित्र रहेका विभिन्न प्रकारका कपडाहरु र काठका र्याक जलेर आंशिक रूपमा क्षति पुगेको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ। मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार विद्युत लाइनमा सर्टसर्किट भएर आगो लागेको अनुमान गरिएको छ। प्रारम्भिक रूपमा करिब ३० देखि ४० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको भए पनि विस्तृत क्षति विवरण सङ्कलन कार्य जारी रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar