रास्वपा बैठक छाडेर मुस्ताङ हिँडे प्रधानमन्त्री बालेन

  • कालिका खवर
  • शुक्रबार, भदौ ५, २०८३
  • काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज शुक्रबार बस्दैछ । बिहान ११ बजेपछि पार्टी कार्यालय वनस्थलीस्थित घण्टीघरमा बस्ने बैठकमा छलफलका एजेन्डा दर्जन भन्दा बढी रहेका छन् । तर, प्रधानमन्त्री समेत रहेका पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह भने बैठककै दिन मुस्ताङतर्फ हिँडेका छन् ।

    प्रधानमन्त्री शाह शुक्रबार बिहान सडक मार्ग मार्फत पोखरा हुँदै मुस्ताङका लागि हिँडेका हुन् । तर, उनको मुस्ताङ भ्रमणबारे सुरक्षा अधिकारीले समेत अनविज्ञता प्रकट गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू समेत मुस्ताङ भ्रमणबारे केही खुलाउन चाहँदैनन् ।

    ‘भ्रमणको कुरा सही हो तर उद्देश्यबारे हामीलाई पनि जानकारी छैन’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्य भन्छन्, ‘उद्देश्य खुलाउने निर्देशन छैन ।’ स्रोतका अनुसार केहीबेर अघि प्रधानमन्त्री शाह धादिङस्थित नेपाली सेनाको भैरव गणमा पुगिसकेका छन् । यसअघि पनि बालेन पार्टीको केन्द्रीय समिति बैठकमा मात्र होइन दलको बैठकमा समेत न्युन मात्रमा  सहभागी हुँदै आएका छन् ।

    रास्वपा महामन्त्री विपिनकुमार आचार्यका केन्द्रीय समिति बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्ने, राइट टु रिकल सम्बन्धी दस्ताबेज निर्माण र साङ्गठनिक व्यवस्थापन तथा मनोनयन सम्बन्धी विषयमा छलफल गर्ने एजेन्डा तय भएका छन् ।

    त्यसबाहेक केन्द्रीय समिति सदस्य र पदाधिकारी मनोनयन,सचिवालय सदस्य मनोनयन, तथा विभागीय प्रमुखहरूको मनोनयन र स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन गर्ने छलफलको एजेन्डा छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar