नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक कार्कीले लिए पदबहाली

  • कालिका खवर
  • शुक्रबार, भदौ ५, २०८३
  • काठमाडौं । नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले शुक्रबार पदबहाली गर्नुभएको छ।

    पदबहाली गर्दै कार्यकारी निर्देशक कार्कीले कोषमा सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै हाल सञ्चालन हुँदै आएका कार्यलाई थप चुस्त, पारदर्शी र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    उहाँले कोषमा रहेको ठूलो फण्डलाई सरकारका प्राथमिकतामा रहेका परियोजना तथा उत्पादनशील क्षेत्रमा परिचालन गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउन कोषले विशेष जिम्मेवारीका साथ काम गर्नुपर्ने बताउनुभयो।

    कार्कीले यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेको उल्लेख गर्दै कोषको कार्यप्रणाली र गतिविधिबारे आफू जानकार रहेको बताउनुभयो। आगामी दिनमा कोषलाई थप प्रभावकारी र परिणाममुखी संस्थाका रूपमा अघि बढाउन आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ।

    नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ ३ गते बसेको बैठकले कार्कीलाई नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar