काठमाडौंका सडकमा देखियो अभतार ०७, नाडा अटो शोमा प्रिमियम ईभीको प्रतिस्पर्धा थप रोचक हुने

  • कालिका खवर
  • शुक्रबार, भदौ ५, २०८३
  • काठमाडौं । बहुप्रतीक्षित प्रिमियम इलेक्ट्रिक एसयूभी अभतार ०७ काठमाडौंका सडकमा देखिएको छ। आगामी नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने तयारी भइरहेका बेला अभतार ०७ काठमाडौंमा देखिएसँगै यसपटकको प्रिमियम ईभी सेग्मेन्टमा प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ।

    चङ्गान, सीएटीएल र हुवावेको संयुक्त सहकार्यमा स्थापित ब्रान्ड अभतार को अभतार ०७ प्रविधि, प्रदर्शन र विलासिताको संयोजनका रूपमा परिचित छ।

    यद्यपि अन्तर्राष्ट्रिय बजारमा विभिन्न स्पेसिफिकेसनमा उपलब्ध अभतार ०७ को नेपालमा कुन भेरियन्ट आउने हो भन्ने विषयमा आधिकारिक जानकारी सार्वजनिक भएको छैन। काठमाडौंमा गाडी देखिए पनि नेपाल-स्पेकअनुसारको ब्याट्री क्षमता, मोटर पावर, फिचर तथा मूल्य नाडा अटो शोको क्रममा सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

    अन्तर्राष्ट्रिय बजारमा कस्तो छ अभतार ०७ ?

    अन्तर्राष्ट्रिय बजारमा अभतार ०७ ८२.२ किलोवाट आवरको सीएटीएल ब्याट्री प्याक सहित उपलब्ध छ। यो एसयूभी रियर-ह्विल ड्राइभ (आरडब्लूडी) र अल-ह्विल ड्राइभ (एडब्लूडी) गरी दुई पावरट्रेन विकल्पमा उपलब्ध हुन्छ।

    सिंगल मोटर भर्सनले २५२ किलोवाटसम्मको पावर उत्पादन गर्छ भने ड्युअल मोटर भर्सनले ४४० किलोवाटसम्मको पावर दिन्छ। कम्पनीका अनुसार फुल चार्जमा यसले करिब ६१० देखि ६५० किलोमिटरसम्मको रेन्ज दिन सक्छ। ड्युअल मोटर भर्सनले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ३.९ सेकेन्डमै हासिल गर्न सक्ने दाबी गरिएको छ।

    अभतार ०७ को लम्बाइ ४,८२५ एमएम, चौडाइ १,९८० एमएम, उचाइ १,६१० एमएम र ह्विलबेस २,९४० एमएम रहेको छ।

    डिजाइनतर्फ स्प्लिट लाइटिङ, फ्लस डोर ह्यान्डल, पातलो टेल ल्याम्प तथा बोनेटमा रहेको ‘हेलो डिस्प्ले’ले एसयूभीलाई आधुनिक र प्रिमियम स्वरूप दिएको छ।

    प्रविधि र विलासिताको मिश्रण

    अभतार ०७ को इन्टेरियरमा ३५.४ इन्चको ठूलो फोर-के डिस्प्ले तथा चालकका लागि १५.६ इन्चको डिजिटल क्लस्टर उपलब्ध छ। यी प्रणाली हुवावेको हार्मोनी ओएसमा आधारित छन्।

    त्यस्तै, २५ वटा स्पीकरसहितको मेरिडियन साउन्ड सिस्टम, डिजिटल रियर-भ्यू मिरर तथा जिरो-ग्र्याभिटी सिटजस्ता फिचरले यात्रालाई थप आरामदायी बनाउने दाबी गरिएको छ।

    एसयूभीमा ८०० भोल्टको इलेक्ट्रिकल आर्किटेक्चर प्रयोग गरिएको छ, जसले तीव्र डीसी फास्ट चार्जिङलाई सपोर्ट गर्छ। हुवावेको एड्भान्स ड्राइभिङ सिस्टमका कारण यसमा अटोमेटेड नेभिगेसन, अटोमेटेड पार्किङ तथा एड्भान्स इमर्जेन्सी ब्रेकिङलगायतका सुरक्षा तथा ड्राइभिङ फिचर उपलब्ध छन्।

    नाडा अटो शो अगावै काठमाडौंका सडकमा अभतार ०७ देखिएपछि नेपालको प्रिमियम ईभी बजारमा यसले कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ। नाडा अटो शो २०२६ मा यसको नेपाल-स्पेक, मूल्य र आधिकारिक फिचर सार्वजनिक भएपछि नेपाली बजारमा यसको वास्तविक प्रतिस्पर्धात्मक अवस्था स्पष्ट हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar