राधी विद्युत कम्पनीको नाफा ८११ प्रतिशतले वृद्धि

  • कालिका खवर
  • मङ्लबार, कार्तिक २५, २०८२
  • काठमाडौं । राधी विद्युत कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म उल्लेखनीय नाफा आर्जन गरेको छ। कम्पनीले सो अवधिमा २७ करोड ८५ लाख रुपैयाँ बराबरको खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आर्जन गरिएको ३ करोड ५ लाख रुपैयाँको तुलनामा ८११.६२ प्रतिशतले बढी हो।

    कम्पनीले विद्युत बिक्रीबाट मात्रै ४ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यो आम्दानी ३ करोड ८८ लाख रुपैयाँ थियो। यससँगै कम्पनीले अन्य शिर्षकबाट ३५ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ। अघिल्लो वर्ष कम्पनीले १ करोड ७५ लाख रुपैयाँ मात्र अन्य आम्दानी गरेको थियो।

    यद्यपि, कम्पनीको वित्तीय खर्च पनि वृद्धि भएको छ। अघिल्लो वर्ष ३१ लाख १७ हजार रुपैयाँ रहेको वित्त खर्च यस अवधिमा बढेर ७६ लाख ६६ हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।

    समीक्षा अवधिसम्म कम्पनीको चुक्तापूँजी १ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने कुल सम्पत्ति ५९ करोड ७३ लाख रुपैयाँ र कुल चालु दायित्व ११ करोड ४७ लाख रुपैयाँ रहेको छ।

    वित्तीय सूचकहरू अनुसार कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ६०.६८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५३.०३ रुपैयाँ, तरलता अनुपात ५.२० प्रतिशत, पी/ई रेसियो १०.४३ गुणा, र प्रतिशेयर कुल सम्पत्तिको मूल्य १८०.८४ रुपैयाँ रहेको छ।

    राधी विद्युत कम्पनीले पहिलो त्रैमासको नतिजाले उत्पादन र आयमा दुवै क्षेत्रमा सुदृढ सुधार भएको संकेत दिएको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar