फर्स्ट माइक्रोफाइनान्सको नगद लाभांश घोषणा

  • कालिका खवर
  • बिहिबार, मंसिर २५, २०८२
  • काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ ।

    लघुवित्तले हाल कायम चुक्ता पूँजीको ६.५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो ।

    मंसिर २४ गते बसेको लघुवित्तको सञ्चालक समितिका बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar