प्रिमियर स्टिलको वार्षिक व्यापार ४ अर्ब ४१ करोड, डण्डी उत्पादनमै ९७ प्रतिशत हिस्सा

  • कालिका खवर
  • बिहिबार, कार्तिक २०, २०८२
  • काठमाडौं । प्रिमियर स्टील प्रालिले सन् २०२५ मा कुल ४ अर्ब ४१ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ। यो अघिल्लो वर्ष २०२३ को तुलनामा केही घटेको हो, जस क्रममा कम्पनीले ४ अर्ब ५६ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो।

    कम्पनीले २०२३ मा ४ अर्ब ७ करोड ४० लाख रुपैयाँ र २०२२ मा ५ अर्ब ८४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो। पछिल्लो वर्षको कुल व्यापारमध्ये ९७ प्रतिशत हिस्सा डण्डी (टिएमटी बार) उत्पादनकै रहेको कम्पनीले जनाएको छ।

    सन् २०१६ मा स्थापना भएको प्रिमियर स्टिल प्रालि सन् २०२३ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको हो। शारडा ग्रुप र राठी ग्रुपको संयुक्त स्वामित्वमा रहेकाे यस कम्पनीको प्रमुख उत्पादन केन्द्र दुहबी, सुनसरीमा अवस्थित छ, जहाँ वार्षिक १ लाख ८० हजार मेट्रिक टन डण्डी र १ लाख २० हजार मेट्रिक टन बिलेट उत्पादन हुँदै आएको छ।

    हाल कम्पनीमा बीरेन्द्र राठी र प्रदीपकुमार शारदाको समान ११–११ प्रतिशत स्वामित्व रहेको छ भने बाँकी हिस्सा अन्य व्यक्तिगत लगानीकर्ताहरूमध्ये बाँडिएको छ।

    उक्त आवधिमा कम्पनीले ९.०३ प्रतिशत मुनाफा कमाएको छ। यसका लागि कुल ४ अर्ब ७३ करोड १३ लाख रुपैयाँ ऋणका लागि क्रेडिट रेटिङ पनि गराइएको छ, जसमा १ अर्ब ५६ करोड १३ लाख दीर्घकालीन र ३ अर्ब १७ करोड रुपैयाँ अल्पकालीन कर्जा समावेश छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar