नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन

  • कालिका खवर
  • आइतवार, कार्तिक ३०, २०८२
  • काठमाडौं, ३० कात्तिक । नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदैछ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल दर्ताको आह्वान गरेको थियो ।

    यो अवधिमा २७ नयाँ दलले दर्ताका लागि निवेदन दिएका थिए । हालसम्म पाँच नयाँ दलले दर्ताको प्रमाणपत्र लिएका छन् भने प्रक्रियामा रहेका दलहरुले आज प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    निर्वाचन आयोगका अनुसार हाल आधिकारिकता पाउने दलको संख्या १२६ पुगिसकेको छ । आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थपे पनि दल दर्ता गराउने मिति भने यथावत राखेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar