नुवाकोट–१ मा एमालेबाट बद्री मैनालीले गरे उम्मेदवारी दर्ता

  • कालिका खवर
  • मङ्लबार, माघ ६, २०८२
  • नुवाकोट । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले)का तर्फबाट नुवाकोट–१ मा जिल्ला अध्यक्ष बद्री मैनालीले निर्वाचन कार्यालय खरानीटारमा पुगेर मनोनयन दर्ता गराएका छन् ।

    अघिल्लो निर्वाचनमा माओवादी–कांग्रेससहितको गठबन्धनसँग झिनो मतान्तरले पराजित भएका मैनालीले यसपटक पनि उम्मेदवारी दर्ता गराएका हुन् । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा एमालेको जित सुनिश्चित हुने दाबी गरे ।

    अघिल्लो पटक गठबन्धनविरुद्ध प्रतिस्पर्धा गर्दा झिनो मतान्तर मात्र रहेको उल्लेख गर्दै मैनालीले अहिले देश निर्माण गर्ने स्पष्ट शक्ति एमाले भएको बताए । जनताको विश्वास र समर्थन प्राप्त गरेर यसपटक विजय हासिल गर्ने उनको भनाइ छ ।

    यसैबीच, नुवाकोट निर्वाचन क्षेत्र नं. २ मा पनि नेकपा (एमाले)का तर्फबाट केशव पाण्डेले मनोनयन दर्ता गराएका छन् । पाण्डे बागमती प्रदेशका पूर्वमन्त्री हुन् भने मैनाली पूर्वराज्यमन्त्री हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar