निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : मन्त्री खरेल

  • कालिका खवर
  • आइतवार, पुस २०, २०८२
  • काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले निष्पक्ष निर्वाचन गराउने कार्यमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। ललितपुरको मंगलबजारमा शनिबार ‘गल्ली म्याप्स’ को शुभारम्भ गर्दै मन्त्री खरेलले देशमा फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा ढुक्क हुन आग्रह गरे। ‘फागुन २१ मा हुने चुनावमा राम्रो नेता र नेतृत्व ल्याउन जरुरी छ, मुलुक परिवर्तनको जगमा अगाडि बढ्दै छ, युवा पुस्ता राजनीतिमा आउनुपर्छ,’ सञ्चारमन्त्री खरेलले भने।

    मन्त्री खरेलले मतदाता पहुँचका लागि तयार गरिएको गल्ली एपमार्फत निर्वाचन सुरु भएको बताए। उनले भने, ‘गल्ली एप शुभारम्भसँगै निर्वाचन  सुरु भएको छ। मतदान केन्द्र कहाँ छ र कसरी जाने भनेर चिन्ता लिनु परेन, सूचना र प्रविधिको क्षेत्रमा हामीले फड्को मारिरहेका छौँ, प्रविधिमा आधारित कार्यलाई हामीले अगाडि बढाउनुपर्छ।’

    सञ्चारमन्त्री खरेलले वर्तमान सरकार जेनजीको योगदानमा बनेको हुँदा युवाहरूले गरेका कामलाई प्रोत्साहन गर्दै सरकारी संयन्त्रमा प्रविधिमाथिको पहुँच र उपयोगलाई तीव्र रूपमा अगाडि बढाएको उल्लेख गरे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar