नेकपाले झापा–५ मा रञ्जित तामाङलाई उम्मेदवार बनाउने

  • कालिका खवर
  • शनिबार, माघ ३, २०८२
  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ । नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष तामाङलाई सो झापा– ५ बाट उम्मेदवार बनाएको हो ।

    शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीका संयोजक पुष्पकमल दाहालसँग चुनावी अनुमति प्रदान भएको भिडियो सार्वजनिक गर्दै तामाङले आफू सो क्षेत्रका लागि उम्मेदवार भएको जानकारी दिएका छन् ।

    तामाङले भनेका छन् : ‘नेपाली कम्युनिस्ट पार्टीका संयोजक श्रद्धेय नेता  क. प्रचण्डले आगामी फागुन २१ गतेका लागि शुभकामना सहित चुनावी अनुमति प्रदान गर्नुभएको छ । नेतृत्वगणलाई  आभारसहित झापा क्षेत्र नं. ५ बासी आम मतदातामा चुनाव चिन्ह तारामा मतदान गरी जनसेवाको अवसरका लागि विशेष अपिल गर्दछु ।’

    सो क्षेत्र नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह निर्वाचन क्षेत्र हो । यो पटक पनि सो क्षेत्रबाट अध्यक्ष ओली उम्मेदवार हुने चर्चा छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar