रातो मच्छिन्द्रनाथको भोटोजात्रा आज

  • कालिका खवर
  • शनिबार, असार ६, २०८३
  • काठमाडौं । रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज (शनिबार) भोटो जात्रा मनाइँदै छ । जावलाखेलस्थित ललित मण्डपमा रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शन गरिनेछ । करिब १६ सय वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ ।

    परम्पराअनुसार रातो मच्छिन्द्रनाथको रथयात्रा भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्मती लगिनेछ । ६ महिनासम्म बुङ्मतीमा राखेपछि साइत हेरी पुनः पाटनस्थित मच्छिन्द्रबहाल ल्याइने चलन छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar