नेकपा एमाले बागमती प्रदेश कमिटीमा देउजा सचिव, आचार्य उपसचिव चयन

  • कालिका खवर
  • मङ्लबार, पुस २२, २०८२
  • काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश कमिटीको सचिवमा बालकृष्ण देउजा चयन भएका छन् भने उपसचिवमा रमेश आचार्य चयन भएका छन्।

    सचिवमा चयन भएका देउजा लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका अनुभवी नेता हुन्। उपसचिवमा चयन भएका रमेश आचार्य धादिङ जिल्लाका हुन्। उनी  युवा संघ नेपालका पूर्व महासचिवसमेत हुन् भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पूर्व स्वकीय सचिवका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसकेका छन्।

    नवचयनित पदाधिकारीहरूले पार्टीको नीति, सिद्धान्त र संगठनात्मक अनुशासनलाई मजबुत बनाउँदै बागमती प्रदेशमा एमालेको जनाधार विस्तारमा सक्रिय भूमिका खेल्ने विश्वास पार्टीले व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar