नदीमा बगेर एक जना बेपत्ता

  • कालिका खवर
  • मङ्लबार, भदौ १७, २०८२
  • दोधारा चाँदनी (कञ्चनपुर), १७ भदौ । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित बल्मा नदीमा बगेर एक जना बेपत्ता भएका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–१० का २० वर्षीय बलिभद्र राना बल्मा नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बाहेराले जानकारी दिनुभयो । प्रहरीका अनुसार आज दिउँसो उक्त नदीको साइफनमा हाम फालेपछि राना बेपत्ता भएका हुन् ।

    “बेपत्ता रानाको खोजीकार्यमा जिल्ला प्रहरी कार्यालयबाट १२ जना प्रहरी खटिएको छ”, उहाँले भन्नुभयो, “विपद् व्यवस्थापन महेन्द्रनगर गुल्मबाट समेत छ जना प्रहरीको टोली खोजीकार्यमा खटिएको छ ।” कञ्चनपुरमा आइतबार रातिदेखिको अविरल वर्षाका कारण यहाँका नदीमा पानीको सतह बढेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar