मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना, बेसरेटमा थप ०.२५ प्रतिशत ब्याज

  • कालिका खवर
  • शुक्रबार, अशोज २, २०८३
  • काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल ल्याण्ड एन्ड हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो २०२६ तथा नेपालीहरूको प्रमुख चाडपर्व दशैं, तिहार र छठलाई लक्षित गर्दै ग्राहकका लागि विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ।

    योजनाअन्तर्गत ग्राहकले बेसरेटमा थप ०.२५ प्रतिशत ब्याजदरमा घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

    बैंकका अनुसार घरजग्गाको मूल्याङ्कनको अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध हुनेछ। पहिलो घर कर्जाको हकमा भने अधिकतम ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सकिनेछ।

    चाडपर्वको अवसरमा आफ्नै घरको सपना पूरा गर्न चाहने ग्राहकलाई सहज वित्तीय अवसर प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको बैंकले जनाएको छ। यो विशेष घर कर्जा योजना २०८३ साल कार्तिक मसान्तसम्म लागू हुनेछ। त्यसपछि बैंकको प्रचलित ब्याजदर तथा सम्बन्धित कर्जा शर्तहरू लागू हुनेछन्।

    बैंकका अनुसार योजना देशभर रहेका १७६ वटै शाखाबाट उपलब्ध हुनेछ। ग्राहकले आफूलाई पायक पर्ने शाखामा सम्पर्क गरी योजनाको विस्तृत जानकारी तथा कर्जा प्रक्रियाबारे जानकारी लिन सक्नेछन्।

    यसैगरी, बैंकले अटो लोन तथा कृषि एवं एसएमई व्यवसाय कर्जाका विशेष योजनाहरू समेत सञ्चालनमा ल्याएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar