महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

  • कालिका खवर
  • शुक्रबार, फाल्गुन २९, २०८२
  • काठमाडौँ : नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका छन् । म्याग्दी क्षेत्र नम्बर १ बाट निर्वाचित पुनले २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको जानकारी गराएका छन् । निर्वाचन आयोगमा पेस गरिएको विवरण अनुसार सबैभन्दा धेरै रकम होटलमा खाना बस्नका लागि खर्च भएको देखिन्छ ।

    यो शीर्षकमा उनले १३ लाख सात हजार ६१९ खर्च गरेको उल्लेख गरेका छन् । यस्तै, चालक ज्यालामा करिब १ लाख ४० हजार रुपैयाँ, यातायातमा ६ लाख ६० हजार ९९८ रुपैयाँ खर्च गरेको पुनले उल्लेख गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar