चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने सरकारको योजना

  • कालिका खवर
  • आइतवार, कार्तिक ८, २०८३
  • काठमाडौँ । सरकारले बाढीको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ वटा प्रमुख नदी बेसिनमा पूर्वसूचना प्रणाली विस्तार गर्ने भएको छ ।

    ऊर्जा मन्त्रालयले जल तथा मौसम क्षेत्रको सुदृढीकरण, जलस्रोतको दिगो उपयोग तथा विपद् जोखिम न्यूनीकरणका लागि दुईवटा श्वेतपत्र सार्वजनिक गर्दै यस्तो योजना अघि सारेको हो ।

    श्वेतपत्रअनुसार सरकारले चारवटा उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने योजना समेत बनाएको छ । हिमताल विस्फोटबाट हुन सक्ने सम्भावित क्षति कम गर्न जोखिम न्यूनीकरणका उपाय अपनाउने सरकारको योजना छ ।

    जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढ्दै गएको, हिमनदी पग्लिने क्रम तीव्र बनेको र हिमताल विस्फोटको जोखिम बढ्दै गएको छ । यस्तो अवस्थामा बाढीको पूर्वानुमान तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनु आवश्यक रहेको छ ।

    छ नदी बेसिनमा पूर्वसूचना प्रणाली विस्तार र उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने योजनाले सम्भावित विपद्को जोखिम न्यूनीकरण तथा जनधनको क्षति कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar