महालक्ष्मी विकास बैंकले वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई लक्षित गर्दै नव उद्यम कर्जा सञ्चालनमा ल्यायो

  • कालिका खवर
  • बिहिबार, अशोज ९, २०८२
  • काठमाडौं । महालक्ष्मी विकास बैंकले वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई सफल उद्यमी बनाउन सहयोग पुर्‍याउने उद्देश्यले नव उद्यम कर्जा योजना सञ्चालनमा ल्याएको छ। आकर्षक तथा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध हुने यस कर्जाले फर्किएका युवाहरूलाई कृषि, व्यापार, सेवा तथा उत्पादनमा आधारित व्यवसाय सञ्चालन गर्न प्रोत्साहन गर्नेछ।

    वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिसँग व्यवसाय सञ्चालन गर्न आवश्यक सीप, अनुभव र केही रकम बचत हुने भए पनि पर्याप्त लगानी नहुँदा आफ्नो इच्छाअनुसारको व्यवसाय गर्न नसकेका युवालाई लक्षित गर्दै यो योजना ल्याइएको बैंकले जनाएको छ।
    यस कर्जाअन्तर्गत १० लाखदेखि १ करोडसम्म कर्जा उपलब्ध हुनेछ भने भुक्तानी अवधि २ वर्षदेखि १५ वर्षसम्म रहने व्यवस्था गरिएको छ। बैंकले यस योजनाबाट फर्किएका युवालाई आत्मनिर्भर बनाउन, स्वदेशमै रोजगारी सिर्जना गर्न, उद्यमशीलता विकास गर्न, विप्रेषणको रकमको उचित सदुपयोग गर्न र मुलुकको आर्थिक विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

    यसबाहेक नेपालमै रहेका व्यक्तिहरूले समेत साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालन तथा विस्तार गर्न विभिन्न कर्जा शीर्षकअन्तर्गत यो सुविधा उपभोग गर्न सक्नेछन्।
    “सबल बैंक, सफल सहकार्य” भन्ने नारासहित ३१ वर्षदेखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका करिब ८ लाखभन्दा बढी ग्राहक देशभर रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar