आन्दोलन समाधानका लागि स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्न किरण बिकको सुझाव

  • कालिका खवर
  • बिहिबार, साउन १४, २०८३
  • काठमाडौं। युवा अभियन्ता किरण बिकले आन्दोलन समाधानका लागि संघीय सरकारले सुरक्षा निकायमा मात्र निर्भर नभई स्थानीय तथा प्रदेश सरकारसँग प्रभावकारी समन्वय गर्नुपर्ने सुझाव दिनुभएको छ।

    सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै बिकले स्थानीय तहदेखि संघीय तहसम्मका जनप्रतिनिधिलाई सक्रिय बनाउने हो भने आन्दोलनको समाधान सहज रूपमा खोज्न सकिने धारणा व्यक्त गर्नुभएको हो।

    उहाँले भन्नुभएको छ, “आदरणीय प्रधानमन्त्री ज्यू, संघीय सरकारले सेना, प्रहरी र एपीएफभन्दा पनि त्यहाँको स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गर्दा समाधान निस्केला कि! हरेक जनप्रतिनिधिले १०–१५ जना आन्दोलनकारी फिर्ता बोलायो भने पनि आन्दोलन मत्थर हुन्छ। मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, प्रदेश मन्त्री, प्रदेश सांसद, संघीय सांसद र वडाध्यक्षलाई सक्रिय बनाउन पहल गर्नु पर्यो, नेपाल सरकार!”

    बिकले जनप्रतिनिधिहरू स्थानीय नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले उनीहरूको सक्रिय भूमिका आन्दोलनको शान्तिपूर्ण व्यवस्थापन र संवादमार्फत समाधान खोज्न प्रभावकारी हुन सक्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले सरकारलाई सुरक्षा दृष्टिकोणसँगै राजनीतिक तथा स्थानीय तहको समन्वयलाई पनि प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar