महालक्ष्मी विकास बैंकका ग्राहकलाई अरेबिका कफी र क्याफियोफिलियामा विशेष छुट

  • कालिका खवर
  • आइतवार, मंसिर ७, २०८२
  • काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सुविधामुखी सेवाहरू प्रदान गर्ने लक्ष्यसहित स्वास्थ्य, रेस्टुरेन्ट तथा विभिन्न व्यापारिक संस्थासँग सहकार्य विस्तार गरिरहेको छ। यसैक्रममा कफी पारखी ग्राहकलाई लक्षित गर्दै बैंकले अरेबिका कफी र क्याफियोफिलिया कफी भैंसेपाटीसँग विशेष छुट उपलब्ध गराउने समझदारी गरेको छ।

    सम्झौता अनुसार, बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले अरेबिका कफीका दरबारमार्ग, बौद्ध, बानेश्वर, राधेराधे (भक्तपुर), यूएन पार्क (ललितपुर), मानभवन, कालीमाटी, बुढानिलकण्ठ र भैंसेपाटी (ललितपुर)स्थित फ्रेन्चाइजहरूमा उपलब्ध सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
    यसअन्तर्गत—

    • कफी तथा तातो पेय पदार्थमा १० प्रतिशत,

    • इटालियन खानामा १५ प्रतिशत छुट प्रदान हुनेछ।

    त्यसैगरी, बैंकका कार्ड वा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले क्याफियोफिलिया भैंसेपाटीमा बेकरी बाहेकका सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन्। बैंकले यस्तो सहकार्यबाट आफ्ना ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरेको छ।

    यसअघि, बैंकले क्रेडिट कार्डवाहकका लागि विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्न सकिने योजना सार्वजनिक गरेको थियो। सो योजनाअन्तर्गत ग्राहकहरूले टुर प्याकेजको मूल्य बराबरको रकमलाई ६ देखि १२ महिनासम्म सजिलै मासिक किस्ताबन्दीमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न सक्ने व्यवस्था मिलाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar