माछापुच्छ्रे बैंकमा दुई उच्च अधिकारीको बढुवा, अर्याल बने सिनियर डीसीईओ

  • कालिका खवर
  • बुधबार, साउन ६, २०८३
  • काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले दुई उच्च तहका अधिकारीलाई पदोन्नति गरेको छ। बैंकको साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) प्रसिद्धराज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) तथा नायब महाप्रबन्धक सुभाष जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा गर्ने निर्णय गरेको हो।

    बैंकका अनुसार अर्यालसँग बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव छ। उनले काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर गरेका छन्। कर्जा, ट्रेजरी, करेस्पोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन तथा लघुवित्तलगायतका क्षेत्रमा लामो अनुभव हासिल गरेका अर्याल यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा समेत विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।

    त्यसैगरी, जमरकटेल वित्तीय तथा बैंकिङ क्षेत्रका अनुभवी चार्टर्ड एकाउन्टेन्ट हुन्। उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी, त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानुनमा स्नातक तथा थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) बाट बैंकिङ तथा फाइनान्स विषयमा प्रोफेसनल मास्टर्स डिग्री हासिल गरेका छन्।

    बैंकले दुवै अधिकारीले आफ्नो बैंकिङ यात्रामा उल्लेखनीय व्यावसायिक उपलब्धि हासिल गर्दै सक्षम, अनुभवी र सफल बैंकरका रूपमा पहिचान बनाएको जनाएको छ। साथै, उनीहरूको नेतृत्वले बैंकको संस्थागत विकास, सेवा विस्तार र व्यावसायिक प्रतिस्पर्धात्मक क्षमता थप सुदृढ हुने विश्वास बैंकले व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar