माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्ज यूएईबीच रेमिट्यान्स सेवा सम्झौता, यूएईबाट रेमिट्यान्स अझ सहज

  • कालिका खवर
  • आइतवार, मंसिर ७, २०८२
  • काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्स प्रक्रियालाई अझ सहज, सरल र विश्वासिलो बनाउने उद्देश्यसहित माछापुच्छ्रे बैंक लिमिटेड र जोयालुक्कास एक्सचेन्ज यूएईबीच रेमिट्यान्स सेवा सम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौतासँगै संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली कामदार तथा प्रवासी नेपालीले घरमा रकम पठाउन झनै सुविधाजनक व्यवस्था पाउने भएका छन्।

    बैंकका अनुसार यूएईस्थित जोयालुक्कास एक्सचेन्जसँगको सहकार्यले त्यहाँका नेपालीले सुरक्षित, छरितो र विश्वसनीय माध्यमबाट नेपालमा रकम पठाउन सक्नेछन्। सम्झौतापत्रमा जोयालुक्कास एक्सचेन्जतर्फबाट महाप्रबन्धक मरिश कुमार कर्ण र माछापुच्छ्रे बैंक तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन्।

    सम्झौतापछि अब यूएईमा रहेका नेपालीले जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट MBL REMIT सेवा प्रयोग गरी पठाएको रकम नेपालमा सजिलै प्राप्त गर्न सक्नेछन्। नेपालमा माछापुच्छ्रे बैंकका १६५ शाखा, शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउन्टर र २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत रकम भुक्तानी लिन सकिने बैंकले जनाएको छ।

    यसबाहेक, जोयालुक्कास एक्सचेन्जबाट MBL REMIT मार्फत पठाइएको रकम नेपालका जुनसुकै बैंक खातामा पनि तुरुन्तै जम्मा हुने व्यवस्था मिलाइएको छ। यसले बैंक खाता ब्यवहार गर्ने सबै प्रकारका ग्राहकलाई थप सहजता प्रदान गर्नेछ।

    स्थापना कालदेखि नै प्रविधिमा आधारित आधुनिक सेवा विस्तारमा अग्रसर माछापुच्छ्रे बैंक देशभर २७४ स्थानबाट सेवा प्रदान गरिरहेको छ। बैंकले १६५ शाखा, ८८ शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउन्टर तथा १९९ एटीएममार्फत १८ लाखभन्दा धेरै ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar