Kia Seltos 2025: नेपालसहित अन्तर्राष्ट्रिय बजार तताउने तयारी

  • कालिका खवर
  • शनिबार, कार्तिक २९, २०८२
  • काठमाडौं । आगामी वर्षको कार बजार अहिले नै ‘सेल्टोस 2025’ को चर्चा–परिचर्चाले तातेको छ। उपभोक्ताबीच लोकप्रिय एसयूभीको नयाँ पुस्ता २०२५ डिसेम्बरको दोस्रो साताभित्र औपचारिक रूपमा सार्वजनिक हुने भएको छ। नयाँ डिजाइन, अत्याधुनिक प्रविधि र थप बलियो पावरट्रेनसहित यो मोडलले बजार प्रतिस्पर्धामा नयाँ उचाइ बनाउने अपेक्षा गरिएको छ।

    कम्पनीका अनुसार भित्र–बाहिर दुवैतर्फ सेल्टोसमा व्यापक परिमार्जन गरिएको छ। विशेष गरी डिजेल भेरियन्टमा रहेको १.५ लिटर इन्जिन ६–स्पीड म्यानुअल, ६–स्पीड अटोमेटिक तथा नयाँ ७–स्पीड अटोमेटिक ट्रान्समिसन विकल्पसहित उपलब्ध हुनेछ।

    बाहिरी रूपमै सुधार गरिएको सेल्टोसमा वर्टिकल एलइडी डीआरएल, परिमार्जित फ्रन्ट ग्रिल तथा अधिक प्रिमियम अनुभूति दिने आधुनिक इन्टेरियर डिजाइन समावेश गरिएको छ।

    मिडिया रिपोर्टहरूका अनुसार डिसेम्बर १० मा कोरियामा विशेष कार्यक्रममार्फत यस मोडलको पहिलो झल्को सार्वजनिक हुनेछ। त्यसपछि चरणबद्ध रूपमा भारतसहित अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराइनेछ।

    सुरक्षाको दृष्टिले पनि सेल्टोस 2025 उच्चस्तरमा उकासिएको कम्पनीको दाबी छ। छवटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ३६०–डिग्री क्यामेरा सिस्टमजस्ता सुविधा यसमा समावेश हुनेछन्।

    भारतमा यसको सुरुवाती मूल्य करिब ११ लाख ३० हजारदेखि २२ लाख रुपैयाँसम्म रहने अनुमान छ। बजारमा प्रवेश गरेपछि यसले मारुति सुजुकी ग्रान्ड भितारा, हुन्डाइ क्रेटा, टायोटा अर्बन क्रुजर हाइराइडर, होन्डा इलेभेट तथा अन्य कम्प्याक्ट एसयूभीहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने विश्लेषण गरिन्छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar