कांग्रेस नेतृ आरजु राणा पुगिन् दिल्ली

  • कालिका खवर
  • सोमवार, पुस २१, २०८२
  • काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणा भारतको राजधानी नयाँ दिल्ली पुगेकी छिन् । कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले आरजु उपचारको फलोअपको लागि दिल्ली गएको जानकारी दिए ।

    ‘उहाँ उपचारको फलोअपको लागि सोमबार दिउँसो दिल्ली जानुभएको हो,’ भानुले भने, ‘केही दिनमा फर्किनुहुन्छ ।’

    नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि यतिखेर दिल्लीमै छन् । उनी आइतबार साँझ दिल्ली पुगेका थिए । प्रचण्ड र आरजु दुवैको भ्रमण राजनीतिक नभएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar