कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

  • कालिका खवर
  • बुधबार, कार्तिक २६, २०८२
  • काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । तिहार अघिबाट सुरु भएको केन्द्रीय समिति बैठक अझैसम्म जारी छ । विशेष महाधिवेशन वा नियमित महाधिवेशनको निर्णय हुन नसक्दा नेताहरू विभाजित छन् । कसैले निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने माग उठाइरहेका छन् भने कतिले निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन हुनुपर्ने माग राखेका छन् ।

    पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि देश बाहिर रहँदा पार्टीको कार्य सम्पादन र निर्णय निकाल्न नेताहरूलाई समस्या परिरहेको छ । नेताहरूले संसद् पुनर्स्थापना, निर्वाचनमा जानुपर्ने, महाधिवेशन निर्वाचनअघि गर्नुपर्ने लगायतका मागहरू राखिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar