कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

  • कालिका खवर
  • शनिबार, पुस २६, २०८२
  • काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बिहान आकस्मिक बैठक बस्ने भएको छ ।

    आज बिहान ९ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बस्न लागेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेले जानकारी दिए । बैठक पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्नेछ ।

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन निर्देशन गरिएको छ ।

    पार्टीका मुख्य सचिव पौडेलद्वारा जारी सूचनाअनुसार बैठक आकस्मिक रूपमा बोलाइएको हो । बैठकका एजेन्डाबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar