क्रसफायरले नेपालमा LETBE Flygon 220 मोटरसाइकल सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

  • कालिका खवर
  • मङ्लबार, असार ३०, २०८३
  • काठमाडौं । क्रसफायर नेपालले तबेला नेपालमा आयोजित विशेष कार्यक्रममार्फत नयाँ ब्रान्ड LETBE को औपचारिक सुरुवात गर्दै LETBE Flygon 220 मोटरसाइकल सार्वजनिक गरेको छ। कम्पनीले यसलाई Flygon 220 City र Flygon 220 Hills गरी दुई भेरियन्टमा बजारमा ल्याएको हो। दैनिक आवागमन, टुरिङ तथा हल्का अफ–रोड यात्रालाई लक्षित गरी विकसित गरिएको यो मोटरसाइकलले राइडरलाई आफ्नो आवश्यकता अनुसार उपयुक्त भेरियन्ट छनोट गर्ने सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार “Mechanical Companion” अवधारणामा आधारित Flygon 220 लाई Cross-Terrain Motorcycle का रूपमा विकास गरिएको हो। “One Bike. Every Road. Every Purpose.” भन्ने नारासहित सार्वजनिक गरिएको यो मोटरसाइकल सहर, राजमार्ग, पहाडी सडक तथा हल्का अफ–रोड मार्गमा समान रूपमा सहज र भरपर्दो अनुभव दिने गरी डिजाइन गरिएको छ। City भेरियन्टमा स्ट्रिट–फोकस्ड टायर र Hills भेरियन्टमा अफ–रोडका लागि उपयुक्त नबी टायर जडान गरिएको छ।

    LETBE Flygon 220 मा Bosch EFI प्रविधिसहितको 220cc सिंगल–सिलिन्डर, एयर–कुल्ड इन्जिन जडान गरिएको छ। इन्जिनले ७,५०० आरपीएममा १२.८ किलोवाट पावर र ५,५०० आरपीएममा १७ एनएम टर्क उत्पादन गर्छ। पाँच–स्पिड गियरबक्स र चेन–ड्राइभ ट्रान्समिसन रहेको यो मोटरसाइकलमा ७८० मिमी सिट उचाइ, २३० मिमी ग्राउन्ड क्लियरेन्स तथा फराकिला टायर प्रयोग गरिएकाले नेपाली सडक र भूगोलका लागि उपयुक्त हुने कम्पनीको दाबी छ।

    मोटरसाइकलमा प्यासिभ कीलेस एन्ट्री, पुश–स्टार्ट इग्निसन, स्मार्ट लकिङ सिस्टम, एन्टी–थेफ्ट अलार्म र २.८ इन्चको टीएफटी डिस्प्ले जस्ता आधुनिक फिचर समावेश गरिएका छन्। साथै, नयाँ तथा अनुभवी दुवै राइडरलाई सहज र आरामदायी अनुभव दिन अपराइट राइडिङ पोजिसन, कम सेन्टर अफ ग्राभिटी र अनुकूल राइडर ट्रायाङ्गलमा विशेष ध्यान दिइएको कम्पनीले जनाएको छ।

    LETBE Flygon 220 मा पाँच वर्षको वारेन्टी उपलब्ध गराइएको छ, जसले मोटरसाइकलको गुणस्तर र विश्वसनीयताप्रति कम्पनीको विश्वास झल्काउने बताइएको छ। कम्पनीका अनुसार यो वारेन्टीले ग्राहकलाई दीर्घकालीन सुरक्षा र मानसिक सन्तुष्टि प्रदान गर्नेछ।

    नेपाली बजारमा LETBE Flygon 220 City को मूल्य ५ लाख ४९ हजार ९९९ रुपैयाँ तथा Flygon 220 Hills को मूल्य ५ लाख ७४ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ। दुवै मोडलको बुकिङ देशभर रहेका क्रसफायर तथा LETBE का आधिकारिक बिक्री केन्द्रमार्फत खुला गरिएको कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar