क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखीकरण तथा सम्मान कार्यक्रम सम्पन्न

  • कालिका खवर
  • मङ्लबार, मंसिर ९, २०८२
  • काठमाडौं । नेपालको विश्वासिलो लघु जीवन बीमा कम्पनी क्रेस्ट माइक्रो लाइफ ले अभिकर्ता अभिमुखीकरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी. तथा बजार प्रमुख दिनेश खड्का को उपस्थितिमा हेटौडाको फेमस तास हाउस रेस्टुरेन्टमा कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रम क्षेत्रीय प्रमुख अजय फुयाँल को सञ्चालनमा हेटौडा तथा आसपासका क्षेत्रका अभिकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरूलाई विशेष गरी सम्मान गरिएको कम्पनीले जनाएको छ।

    सो अवसरमा अभिकर्ताहरूले व्यक्तिगत अनुभव आदान–प्रदान गर्दै कार्यक्रममा सहभागिताले थप ऊर्जा, उत्साह र प्रेरणा प्रदान गरेको धारणा व्यक्त गरे। सम्मानित अभिकर्ताहरूले कम्पनीका आगामी लक्ष्य तथा योजनामा सक्रिय योगदान पुर्‍याउने प्रतिबद्धता पनि जनाए।

    कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी. ले लघु बीमाको प्रभावकारी बजार विस्तारमा अभिकर्ताको भूमिकाबारे प्रकाश पारे। त्यस्तै, बजार प्रमुख दिनेश खड्का ले लघु बीमाको सम्भावित बजार, अवसर तथा अभिकर्ताले अपनाउनुपर्ने योजनाबद्ध अभ्यासबारे विस्तृत जानकारी प्रस्तुत गरे।

    क्रेस्ट माइक्रो लाइफका अनुसार, अभिकर्ता नेटवर्कलाई थप सक्षम, अभिमुखीकरणयुक्त र प्रेरित बनाउन यस्ता कार्यक्रम निरन्तर जारी राखिनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar