बाढीले क्षतिग्रस्त आईसीएफसी फाइनान्सको त्रिशूली शाखा बट्टारमा स्थानान्तरण

  • कालिका खवर
  • मङ्लबार, अशोज ६, २०८३
  • काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त भएको त्रिशूली शाखा कार्यालयलाई बट्टारमा स्थानान्तरण गरी सोमबारदेखि पुनः सञ्चालनमा ल्याएको छ।

    बाढीका कारण विदुर नगरपालिका–१, त्रिशूलीस्थित फाइनान्सको शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सेवा बन्द भएको थियो। उक्त स्थानमा शाखा पुनःस्थापना गरी सञ्चालन गर्न सकिने अवस्था नरहेपछि फाइनान्सले शाखालाई विदुर नगरपालिका–४, बट्टारमा स्थानान्तरण गरेको जनाएको छ।

    शाखा स्थानान्तरणसँगै त्रिशूली शाखाका ग्राहकले नयाँ बट्टारस्थित कार्यालयबाट नियमित रूपमा फाइनान्सका सम्पूर्ण बैंकिङ सेवा लिन सक्ने भएका छन्।

    फाइनान्सले ग्राहकलाई नयाँ स्थानबाट बैंकिङ सेवा लिन तथा आवश्यक जानकारीका लागि शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ। थप जानकारीका लागि ०१०–५६१८२७ र ९८४१०८७०३८ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar