मोडर्न नेपाल कलेजको शैक्षिक दबदबा कायमै, ३३औँ पटक त्रिवि टप

  • कालिका खवर
  • मङ्लबार, अशोज ६, २०८३
  • काठमाडौं । मोडर्न नेपाल कलेज, सोह्रखुट्टे, काठमाडौंमा अध्ययनरत बीबीए तेस्रो सेमेस्टरकी छात्रा रोजिना भण्डारीले ३.९८ जीपीए प्राप्त गर्दै त्रिभुवन विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीमध्ये तेस्रो स्थान हासिल गरेकी छन्।

    कलेजका अनुसार भण्डारीको उत्कृष्ट नतिजाले निजी क्षेत्रबाट गुणस्तरीय व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको मोडर्न नेपाल कलेजको शैक्षिक उत्कृष्टतालाई थप स्थापित गरेको छ। चालु सेमेस्टरमा कलेजले शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको जनाएको छ।

    कलेजका भाइस प्रिन्सिपल किरण भट्टले रोजिनाको उपलब्धि कलेजका लागि गौरवको विषय भएको बताए। उनका अनुसार यो सफलता रोजिनाको मेहनत, लगनशीलता र निरन्तर अध्ययनको परिणाम हो।

    “रोजिनाले हासिल गरेको उत्कृष्ट नतिजा उनको मेहनत, लगनशीलता र निरन्तर अध्ययनको परिणाम हो। यो उपलब्धिले अन्य विद्यार्थीलाई पनि उत्कृष्ट नतिजाका लागि प्रेरणा दिने विश्वास लिएका छौँ,” भाइस प्रिन्सिपल भट्टले भने।

    त्यस्तै, क्याम्पस प्रमुख किरण डङ्गोलले रोजिनाको उपलब्धिले कलेजका अन्य विद्यार्थीलाई अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न प्रेरित गर्ने बताए। “यो उपलब्धिले मोडर्न नेपाल कलेजका विद्यार्थीलाई अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न प्रेरणा दिने विश्वास लिएका छौँ,” उनले भने।

    छात्रा रोजिना भण्डारीले आफ्नो सफलतामा दक्ष तथा अनुभवी शिक्षकहरूको मार्गदर्शन, निरन्तर हौसला र कलेजले उपलब्ध गराएको अनुकूल शैक्षिक वातावरणको महत्वपूर्ण भूमिका रहेको बताइन्। उनले भनिन्, “यो सफलता मेरो व्यक्तिगत मेहनतसँगै कलेजका दक्ष शिक्षकहरूको निरन्तर हौसला, प्रेरणा र मार्गदर्शनको परिणाम हो। शिक्षकहरूले पढाइका क्रममा आवश्यक सहयोग र सही दिशानिर्देशन दिनुभयो। कलेजको राम्रो शैक्षिक वातावरणले पनि नियमित अध्ययन गर्न थप प्रेरणा मिल्यो। आगामी दिनमा अझ मेहनत गर्दै आफ्नो शैक्षिक यात्रालाई निरन्तर उत्कृष्ट बनाउने मेरो लक्ष्य छ।”

    भाइस प्रिन्सिपल भट्टका अनुसार कलेजले विद्यार्थीको शैक्षिक उत्कृष्टतालाई प्राथमिकतामा राख्दै गुणस्तरीय शिक्षा, अनुकूल शैक्षिक वातावरण तथा विद्यार्थीको क्षमता विकासमा निरन्तर जोड दिँदै आएको छ।

    मोडर्न नेपाल कलेजले नेपालभरका निजी व्यवस्थापन कलेजमध्ये त्रिभुवन विश्वविद्यालयको उपकुलपति स्वर्ण पदक (टीयू भीसी गोल्ड मेडल) प्राप्त गर्न समेत सफल भएको जनाएको छ। कलेजका अनुसार निजी व्यवस्थापन शिक्षातर्फ प्राप्त उक्त उपलब्धिले कलेजको शैक्षिक गुणस्तर र विद्यार्थीको उत्कृष्टतालाई थप पहिचान दिएको छ।

    त्यसैगरी, कलेजले त्रिभुवन विश्वविद्यालयको इतिहासमा हालसम्म ३१ पटक सेमेस्टर टप गर्न सफल भएको जनाएको छ। लगातार उत्कृष्ट नतिजा हासिल गर्दै आएको कलेजले निजी क्षेत्रको व्यवस्थापन शिक्षामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको दाबी गरेको छ।

    कलेजका अनुसार विद्यार्थीको नियमित अध्ययन, दक्ष तथा अनुभवी प्राध्यापक, प्रभावकारी शिक्षण पद्धति र अनुकूल शैक्षिक वातावरण उत्कृष्ट नतिजाका प्रमुख आधार हुन्। रोजिना भण्डारीको ३.९८ जीपीएसहितको उपलब्धि तथा कलेजको ३३ पटकको सेमेस्टर टप उपलब्धिले मोडर्न नेपाल कलेजको शैक्षिक यात्रामा थप महत्वपूर्ण उपलब्धि थपिएको कलेजले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar