टिसिएलको दसैँ–तिहार योजना : १ लाख ४२ हजार ५ सय रुपैयाँसम्म क्यासब्याक

  • कालिका खवर
  • मङ्लबार, अशोज ६, २०८३
  • काठमाडौं । नेपालीहरूको महान् चाड दसैँ र तिहारलाई लक्षित गर्दै विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टिसिएलले विशेष उत्सव योजना ‘सेलिब्रेट दसैँ एन्ड तिहार’ सार्वजनिक गरेको छ।

    ‘ग्रेट मोमेन्ट्स, मेगा क्यासब्याक एन्ड गिफ्ट्स!’ भन्ने नारासहित ल्याइएको योजनाअन्तर्गत टिसिएलका विभिन्न इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण खरिदमा आकर्षक क्यासब्याक, उपहार तथा सहज खरिद सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

    योजनामा टिसिएलका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, वाटर डिस्पेन्सर, एयर कन्डिसनरसहित विभिन्न उपकरण समावेश छन्। ८५ र ९८ इन्चका टेलिभिजन खरिदमा टिसिएल एस–५५–एच साउन्डबार, वासिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल म्याटिक तथा रेफ्रिजरेटर खरिदमा सिजी इन्डक्सन कुकटप निःशुल्क प्रदान गरिनेछ। एयर कन्डिसनर खरिदमा निःशुल्क जडानको सुविधा पनि उपलब्ध हुनेछ।

    त्यस्तै, उपभोक्ताले १ लाख ४२ हजार ५ सय रुपैयाँसम्म क्यासब्याक तथा शून्य प्रतिशत ब्याजदरमा सहज ईएमआई सुविधा प्राप्त गर्न सक्नेछन्। कम्पनीले चाडपर्वको किनमेललाई थप आकर्षक बनाउँदै उपभोक्तालाई बचतसँगै उपयोगी उपहार उपलब्ध गराउने उद्देश्यले योजना ल्याएको जनाएको छ।

    नवीनतम प्रविधि र आधुनिक डिजाइनमा जोड दिँदै आएको टिसिएलले क्यूडी–मिनी एलईडी प्रविधियुक्त ९८ इन्चसम्मका ठूला स्क्रिनका टेलिभिजनसहित विभिन्न घरेलु उपकरण उपलब्ध गराउँदै आएको छ। ‘इन्सपायर ग्रेटनेस’ ब्रान्ड सन्देशअनुसार टिसिएलले मनोरञ्जन अनुभवलाई थप उत्कृष्ट बनाउने तथा दैनिक जीवनलाई सहज बनाउने प्रविधियुक्त उत्पादनमा जोड दिँदै आएको जनाएको छ।

    चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले नेपालमा टिसिएलका उत्पादन उपलब्ध गराउँदै आएको छ। नेपालभरका सिजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलर नेटवर्क, शोरुम तथा सिजी डिजिटल प्लेटफर्ममार्फत टिसिएलका उत्पादन खरिद गर्न सकिनेछ।

    टिसिएलका क्यूडी–मिनी एलईडी तथा क्यूएलईडी टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, वाटर डिस्पेन्सर, म्युजिक सिस्टम तथा भीआरएफ एयर कन्डिसनिङ सिस्टमलगायतका उत्पादन नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार विशेष उत्सव योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar