जेनजी अगुवा यादवले आयोगमा दिए तीन घण्टा बयान

  • कालिका खवर
  • बुधबार, पुस ९, २०८२
  • काठमाडौं । जेनजी अगुवा पुरुषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा तीन घण्टा बयान दिएका छन् । आयोगले यादवका नाममा पत्र पठाएपछि बुधबार आयोगमै पुगेर बयान दिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिसकेका यादवले आफूसँग लिएको बयानलाई सकारात्मक सुरुवातका रूपमा लिएको बताए ।

    “अब तत्कालीन प्रधानमन्त्री, त्यसबेलाका गृहमन्त्री तथा घटनासँग सरोकार राख्ने जो–जो जिम्मेवार छन्, सबैसँग पनि यसैगरी निष्पक्ष रूपमा बयान लिइनेछ भन्नेमा म आशावादी छु । न्याय र सत्यतर्फको यो प्रक्रिया निरन्तर अगाडि बढोस्,” उनले भने । उनले ११ बजेदेखि २ बजेसम्म बयान दिएको बताए । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि आयोगको बयान लिने क्रम जारी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar