जाडो र एनपिएल सिजन लक्षित गर्दै सिजी इलेक्सको नयाँ इएमआई र एक्सचेन्ज अफर सार्वजनिक

  • कालिका खवर
  • शुक्रबार, मंसिर १२, २०८२
  • काठमाडौं। सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको सिजी इलेक्सले जाडोयाम तथा नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट सिजन लक्षित गर्दै इएमआई र एक्सचेन्ज सुविधा समेटिएको नयाँ अफर सार्वजनिक गरेको छ। अफरमार्फत पुराना उपकरण साट्दा उच्च मूल्यांकन तथा दैनिक रु ४५ बाट सुरु हुने किस्तामा नयाँ उपकरण खरिद गर्न सकिने सुविधा प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ।

    अफरमा टेलिभिजन, फ्रिज, वासिङ मेसिन, एयरकन्डिसनर, डिस्वासर, कुकिङ रेनज, चिम्नी लगायतका प्रमुख उपकरण समेटिएका छन्। क्रिकेट सिजनलाई लक्षित गर्दै विभिन्न मोडेलका फोरके स्मार्ट टिभीमा विशेष इएमआई तथा एक्सचेन्ज सुविधा उपलब्ध गराइएको छ। ४३ इन्चभन्दा ठूला स्मार्ट टिभी खरिद गर्ने ग्राहकले रु २,२०० बराबरको नेट टिभीको ९ महिनाको निःशुल्क सब्स्क्रिप्शन समेत प्राप्त गर्नेछन्।

    सामेल ब्रान्डहरूमा एलजी, सिजी, सिजी मेरिडिया, गोधराज, टिसिएल, बुर्ली, केन्टरो, मिडिया, बिको, ब्ल्याक डेकर, इलिका, सेन्सी र क्रोम्पटन रहेका छन्। पुराना उपकरण ल्याएर साट्दा बजारअनुसारको उच्च मूल्यांकन प्राप्त हुने र सो मूल्याङ्कन नयाँ उपकरण खरिद रकममै समायोजन गरिने कम्पनीले बताएको छ।

    ग्राहकहरूले CGelex.com मार्फत आफ्ना पुराना उपकरणको मूल्याङ्कन अनलाइन चेक गर्न सक्नेछन्। वेबसाइटमा तत्काल मूल्याङ्कन देखिने भएकाले निर्णय प्रक्रियामा पारदर्शिता र छिटोपनाको अनुभव हुने कम्पनीको दाबी छ।

    इएमआई प्रक्रियालाई अझ सहज बनाउन सिजी इलेक्सले जगदम्बा हायर पर्चेससँग सहकार्यमा “नागरिकता भए पुग्छ” सेवा उपलब्ध गराएको छ। यसअन्तर्गत इएमआई लिन जिम्मेवारी लिने व्यक्ति आवश्यक नपर्ने, प्रक्रिया छिटो हुने तथा स्वीकृति सरल हुने व्यवस्था गरिएको छ।

    जाडो मौसममा बढी प्रयोग हुने गिजर, हीटर, वासिङ मेसिनलगायतका उपकरणमा इएमआई सुविधा लागू गरिएको छ भने डिस्वासर, कुकिङ रेनज, चिम्नीजस्ता किचन उपकरणमा इएमआई तथा एक्सचेन्ज दुबै सुविधा प्रदान गरिएको छ।

    यो अफर देशभरका सिजी डिजिटल, एलजी ब्रान्ड सप शो–रुम, सिजी इलेक्ट्रोनिक्सका अधिकृत डिलर नेटवर्क तथा cgdigital.com.np मार्फत उपलब्ध हुनेछ। धेरैजसो मोडेलमा निःशुल्क डेलिभरी तथा निःशुल्क सेवा सुविधा पनि प्रदान गरिने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar