कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • कालिका खवर
  • बिहिबार, जेष्ठ २१, २०८३
  • काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले एसियन गेम्स छनोट प्रतियोगितामा लगातार दोस्रो खेलमा शतक प्रहार गरेका छन् ।

    मलेसियाविरुद्धको खेलमा भुर्तेलले केवल ४४ बलमा शतक पूरा गर्दै उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे । उनले आक्रामक शैलीमा खेल्दै ५४ बलमा १२६ रन बनाएर आउट भए ।

    उनको इनिङ्समा चौका र छक्काको वर्षा देखिएको थियो । भुर्तेलको विस्फोटक ब्याटिङका कारण नेपालले ठूलो स्कोरतर्फ अग्रसरता लिएको थियो । यो समाचार तयार पार्दा सम्म नेपालले १८.३ ओभरको समाप्तीमा ५ विकेट गुमाएर २६२ रन बनाएर खेलीरहेको छ ।

    यसअघि उनले चीनविरुद्धको खेलमा पनि केवल ३५ बलमा शतक प्रहार गरेका थिए । लगातार दुई खेलमा शतक बनाउने क्रममा उनले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar